‘सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ’

‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुपर्यो। होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ।’

‘सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ’

काठमाडौं : कांग्रेसको डा. शेखर कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ। संस्थापन इतर डा. कोइराला समूहको आइतबार बसेको बैठकले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ।

बैठकमा डा. कोइरालाले बहुमतको आधारमा पार्टीको संस्थापन पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएको बताएका थिए। ‘मैले कार्यसम्पादन समितिको बैठकमा पनि विश्वासको मत दिनुहुँदैन भनेको थिएँ,’ कोइरालाले भने, ‘हामी मुख्य प्रतिपक्षको भूमिकामा बसौं। विश्वासको मत दिइसकेपछि हामी प्रतिपक्ष ठहरिन्नौं भनेकै थियौं। तर, त्यतिबेला बहुमतको निर्णय भयो। पार्टीमा हामी अल्पमतमा छौं त्यस्तो अवस्थामा पार्टीको ह्विप मान्नुको विकल्प थिएन।’ 

त्यस्तै, कोइराला समूहकी सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्ने बताएकी थिइन्। ‘त्यत्रो गठबन्धन र सहकार्य छोडेर जाने प्रचण्ड जस्तो बेइमानी व्यक्तिलाई कांग्रेस जस्तो पार्टीले विश्वासको मत दिन सुहाउँथ्यो ?’ उनको आक्रोश थियो, ‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुपर्यो। होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ।’

कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने मत राखेका थिए। तर, तत्काल पार्टीले हृवीप लगाएपछि उनीहरू पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य भएका थिए।

संस्थापनइतर समूहको बैठकमा देउवालाई पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने आरोप नेताहरूले लगाएका छन्। कोइराला पक्षीय सांसद सरिता प्रसाइँले भनिन, ‘पार्टीमा सभापतिजीको एकल मनपरि चल्यो। हामी सबै निरिह भएर हेर्नुको विकल्प छैन।’

अर्का सांसद डा. चन्द्र भण्डारीले कांग्रेसले पटक–पटक गल्ती दोहोर्‍याएको आरोप लगाए। भण्डारीले भने, ‘कांग्रेसले अर्को गल्ती फेरि पनि दोहोर्‍यायो। माओवादीकै कारण गठबन्धन बनेर सरकार गठन भयो। राष्ट्रियसभा, स्थानीय र आमनिर्वाचन भयो। जनताले सिंगो गठबन्धनलाई सरकार बनाउ भनेर जनमत दिए तब प्रचण्डजीले गठबन्धन टुटाउनुभयो। किन यस्तो भयो ? अहिले यो विषयमा इतर समूहमा मात्र हैन समग्र पार्टीभित्रै विश्लेषणको आवश्यकता छ।’ 

‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुपर्‍यो। होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ।’

बैठकमा संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेका महामन्त्री गगन थापालाई मत दिने र नदिने को–को हुन भन्ने विषयमा पनि छलफल भएको नेता प्रसाइँले बताइन्। संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता भए भने महामन्त्री थापाले २५ मत मात्रै पाएका थिए। यद्यपि इतर समूहको स्पष्ट मत नै ३२ थियो। 

त्यस्तै, अर्का सांसद अर्जुननरसिंह केसीले इतर समूहभित्रैबाट अन्तर्घात भएको बताए । उनले भने, ‘टिममा एकजुट हुनुपर्ने हो। साथीहरू मत हाल्ने बेलामा तितर–बितर हुनुभयो। प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, अब माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा घनीभूत छलफल गर्नेछौं।’  

त्यस्तै, बैठकले राष्ट्रपतिमा के गर्छ उम्मेदवार उठाउँछ या सत्ता पक्षले उठाउनेलाई नै समर्थनबारे कांग्रेसले स्वाभाविक रूपमा उम्मेदवार उठाउने बताए। 

१५ औं महाधिवेशनमा डा. कोइरालालाई सभापतिको उम्मेदवार बनाउने

संस्थापनइतर समूहको बैठकमा पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा डा. कोइरालालाई उम्मेदवार बनाउने विषयमा पनि छलफल भएको थियो। उपसभापति धनराज गुरुङले सभापतिको उम्मेदवारमा डा. कोइरालालाई बनाउने प्रस्ताव गरेका थिए। सोही बैठकका क्रममा महामन्त्री थापाले कोइराला सभापतिको उम्मेदवार बन्दा उनको उम्मेदवारीको समर्थक बस्ने बताएका थिए।

संसदीय दलको निर्वाचनमा शेखरले आफू पछि हटेर गगनलाई संसदीय दलको नेतामा समर्थन गरेका थिए। त्यहीबखत थापाले पार्टीको १५औं महाधिवेशनमा शेखरलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। कोइराला १४औं महाधिवेशनमा पनि कांग्रेसको सभापतिको उम्मेदवार थिए। उनलाई शेरबहादुर देउवाले पहिलो र दोस्रो चरणमै हराएका थिए। 

इतर समूहमा १५औं महाधिवेशनको विषयले एक्कासि प्राथमिकता भने पाएको होइन। उपसभापति गुरुङले महामन्त्री थापालगायत इतरका सबै शीर्ष नेताहरूसँग सल्लाह गरेरै इतर समूहबाट कोइरालालाई सभापतिको उम्मेदवारको रूपमा प्रस्ताव गरेका हुन्। त्यसो त इतर समूहले १४औं महाधिवेशनमा कोइराला उपविजेता बने लगत्तै १५औं महाधिवेशनमा कोइरालालाई पुनः सभापतिको उम्मेदवारको रूपमा उभ्याइने उक्त समूहले घोषणा गरेको थियो। 

उपसभापति गुरुङ कोइराला समूहबाटै उपसभापतिमा निर्वाचित भएका हुन्। सो गुन पनि गुरुङ तिर्न चाहान्छन्। थप स्पष्ट पार्दै गुरुङले भने, ‘म उपसभापति भएको नाताले पनि १५औं मा सभापतिमा दाबी गर्छ कि भन्ने पार्टीकै साथीहज्ञलाई लाग्न सक्छ। तर, अबको उम्मेदवार कोइरालाजी नै हो। हाम्रो नेता उहाँ नै हो।’ गुरुङले महामन्त्री थापालाई इङ्गित गर्दै भने, ‘अहिले हामी एक भएर अघि नबढे भोलि को कता को कता उभिने अवस्था आउन सक्छ।’

उक्त बैठकमा सहभागी अर्का नेता जगदीश्वर नरसिंह केसीले पार्टीभित्र विभिन्न भातृसंस्थालगायत अन्यमा ४० प्रतिशत भाग नपाए नेतृत्वलाई एकल रूपमा पार्टी सञ्चालन गर्न दिएर आफूहरू  महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.