कृषिमा डिजिटल बिमा

केही वर्षभित्रै १० लाख किसानको कृषि बिमा गर्ने हाम्रो लक्ष्य छ।

कृषिमा डिजिटल बिमा

गुलरिया : धानको बिउ उत्पादनका लागि लगानी गरेका बर्दिया बढैयाताल गाउँपालिका— ३ का नवराज पौडेलको बेमौसमी वर्षाले उत्पादनमा क्षति पुर्‍यायो। 

अत्यधिक पानीले खेत डुब्यो अनि धान ढल्यो। फसल स्याहार्ने बेला उत्पादन कम भयो। तर ६ महिनाअघि गरेको डिजिटल बिमाको भुक्तानीको चेक पाउँदा उनले राहत महसुस गरेका छन्। ‘असारमा १ बिघा क्षेत्रफलमा बिउ उत्पादन गर्ने गरी, धान रोपेपछि डिजिटल बिमा गरें। 

बिघाको ८ सय ८६ रुपैयाँ खर्च लाग्यो। वर्षाले धान खेतीमा क्षति पुगेपछि कम्पनीले मूल्यांकन गरी बिमाबापतको ३ हजार ४ सय रुपैयाँको चेक दियो। केही हदसम्म भए पनि राहत महसुस गरेको छु’ उनले भने।

परम्परागत रूपमा गरिने बिमा प्रभावकारी नभएपछि सरकारले बर्खे धानबाली, बिउ उत्पादन बाली र मकैलगायत महŒवपूर्ण नगदेबाली तथा  पशुपालक किसानहरूका लागि डिजिटल बिमा कार्यक्रम ल्याएको छ।
डिजिटल बिमा कार्यक्रम नेपालमै पहिलो पटक बर्दिया, बाँके र नवलपरासी जिल्लाबाट सुरु गरिएको हो। यसवर्ष देखि भने बिमा कार्यक्रम देशैभर लागू गरिने भएको छ। नेपालमा कृषि क्षेत्रमा गरिने अन्य बिमा कार्यक्रम प्रभावकारी रूपमा लागू हुन नसकिरहेको अवस्थामा डिजिटल बिमाले किसानहरूलाई कृषि बिमाप्रति आकर्षण गर्न सक्ने अनुमान गरिएको छ। 

सिड इन्नोभेसन प्रालि काठमाडौंले ७ महिना अघिदेखि सुरु गरेको बिमा कार्यक्रमले ३ वटा जिल्लाका ९४ जना कृषकहरूलाई बिमाबापतको रकम चेकमार्फत हस्तान्तरण गरेको कम्पनीका सीईओ सुमन घिमिरेले बताए। प्रतिबिघा उत्पादनको आधारमा ८ सयदेखि १ हजार रुपैयाँसम्म बिमाको प्रिमियम लाग्छ।
‘विभिन्न कम्पनीले गर्दै आएको परम्परागत बिमा प्रणाली केरा र च्याउमाबाहेक अन्य क्षेत्रका किसानहरूमा आकर्षण देखिएन। त्यसैले डिजिटल बिमा प्रणाली ल्याइएको हो। केही वर्षभित्रै १० लाख किसानको कृषि बिमा गर्ने हाम्रो लक्ष्य छ’ सीईओ सुमन घिमिरेले भने। 

डिजिटल बिमाप्रविधि अन्तर्गत भूउपग्रह, स्वचालित मौसम स्टेसन, किसानले मोबाइल एपमार्फत खिचेको फोटो, भिडियो (जीपीएस÷कम्पास)सहितको प्रक्रियामार्फत बिमा क्षेत्रको अनुगमन गरिन्छ। बिमा अवधिभर किसानले भोगेका समस्या, खडेरी, किरा, प्राकृतिक प्रकोपका बारेमा प्लान्टसेट कृषि बिमा प्रयोग गरी मेसेजमार्फत म्यासेज पठाइन्छ। त्यसरी पठाएको क्षतिको दाबीका आधारमा फिल्डमा पुगी क्षति यकिन गरी किसानको उत्पादन निकाली सोहीबमोजिम बिमा रकम भुक्तानी गर्ने प्रावधान रहेको छ। 

सरकारले बालीअनुसारको भुक्तानी दाबीको दर तय गरेको छ। सरकारले राधा ४ जातको धानमा प्रतिहेक्टर ३ दशमलव २ मेट्रिकटन उत्पादकत्व र सावा मन्सुली जातको धानमा प्रति ५ हेक्टर क्षेत्रफलमा ३ दशमलव ५ मेट्रिकटन उत्पादन कायम गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.