विद्यालय तथा विद्यार्थीका लागि सामग्री वितरण

विद्यालय तथा विद्यार्थीका लागि सामग्री वितरण

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-२ मा रहेको तिखातल प्राथमिक विद्यालयमा पूर्व विद्यार्थी समाजले कम्प्यूटर, न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। 

विद्यालयका लागि कम्प्युटर तथा ७२ जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर, ,मोजा, कापी,कलमलगायतका सामग्री वितरण गरिएको हो। 

विद्यार्थीलाई शिक्षण सिकाइमा थप हौसला दिनका लागि सामग्री प्रदान गरिएको पूर्व विद्यार्थी सेवा समाजका संयोजक प्रकास फुयालले बताए।

आफूले पढेको विद्यालयलाई केही राहत होस् भनेर आफ्नो फहलमा साथीहरूसँग रकम संकलन गरी १ लाख १६ हजार ५७५ बराबर रकमको २ थान कम्प्यूटर र विद्यार्थीहरूलाइ न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको उनले बताए। 

अभिभावकले विद्यालयप्रति गरेको विश्वासलाई आत्मसाथ गर्दै समयअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रधानाध्यापक तीर्थबहादुर जोशीले बताए। प्रधानाध्यापक जोशीले सामग्री प्रदान गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्। 

भीमेश्वर नगरपालिका-२ घर भई हाल अमेरिकामा बस्ने विमलकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिमार्फत खानेपानीका लागि ५० हजार सहयोग गरेको र कम्प्यूटर खरिदका लागि दुई लाख सहयोग गर्ने प्रतिवद्धता गरेकको अध्यक्ष सनमकुमार श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.