प्यूठानमा महिलालाई बेहोस बनाएर तीन लाख नगद र सुन चोरी

प्यूठानमा महिलालाई बेहोस बनाएर तीन लाख नगद र सुन चोरी

प्यूठान : झिमरुक गाउँपालिका-५ ओखरकोट ढाड बजारमा सोमबार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ। 

घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन्। उनको मुखमा नशालु पदार्थ (स्पे) छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप र मोबाइल चोरी भएको छ। 

टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पीडित खड्काले जानकारी गराए।

अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए। पदमसहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए। 

संगिता घरमा चिच्याएपछि स्थानीयले चोर पसेको जानकारी पाएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.