भारतको तमिलनाडुमा मन्दिरमा क्रेन खस्दा ४ जनाको मृत्यु, ६ घाइते

भारतको तमिलनाडुमा मन्दिरमा क्रेन खस्दा ४ जनाको मृत्यु, ६ घाइते

नयाँ दिल्ली : दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। 

तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा सो दर्घटना भएको हो । दुर्घटना हुँदा आठ जना भक्तजनहरु माला लिन क्रेनमा सवार रहेको बुझिएको छ ।

'हिजो राती द्रौपति मन्दिरमा भक्तहरूबाट मूर्ति बोक्न र फूलको माला लिनको लागि तयार पारिएको क्रेन अचानक  दुर्घटना  भएको  थियो।  सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र थुप्रै भक्तजन घाइते भएका थिए', प्रहरी अधिकारीले बताएका छन् । घाईते मध्ये थप एक जनाको सोमबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र  मृतकको संख्या चार पुगेको  हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब एक हजार  पाँच सय मानिस उपस्थित थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.