चिसोबाट अफगानिस्तानमा  १०४ जनाको मृत्यु

चिसोबाट अफगानिस्तानमा  १०४ जनाको मृत्यु

काबुल : अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विभिन्न प्रान्तहरूमा गरेर १०४ जनाको मृत्यु भएको जनाइएको छ। 

अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् । 'मेरा सबै बच्चाहरू बिरामी छन्। तिनीहरूमध्ये एकको मृत्यु भयो र अरू तीनजना अस्पतालमा छन्,' उनले बताए।

आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गर्दछन्। फर्याब प्रान्तका बासिन्दा मोहम्मद अजिमले भने, 'धेरै परिवारसँग खानेकुरा, पिउने पानी र अन्य आधारभूत कुराहरू पनि छैन।'

तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्याङ्क अनुसार विगत दुई हप्तामा चिसोका कारण दशौं हजार गाईवस्तु मरेका छन् । अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा १४० जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।

हेरातका बासिन्दाहरूले कडा जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो गरेका छन्। गत २४ घण्टामा अस्पतालको आपतकालीन वार्डमा १३० देखि १४० जना बिरामी ल्याइएको छ।

तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.