बर्दिया निकुञ्जमा खरखडाइ खुला

बर्दिया निकुञ्जमा खरखडाइ खुला

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीयहरूलाई खर काट्न अनुमति दिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार मध्यवर्ती क्षेत्रका उपभोक्तालाई वर्षभरिको लागि खरखडाइ संकलन र निकासी गर्न दिने व्यवस्था अनुरूप निकुञ्जभित्र पर्यटकीय गतिविधि र कार्यालयको आन्तरिकबाहेकका कामकाज बन्द गरी माघ ९ र १० गते दुई दिनका लागि खर, बनकस र नर्कट संकलन र निकासीको अनुमति प्रदान गरेको बताए।

खरखडाइ संकलनका लागि दुई दिन अघि मूल्य अभिवृद्धि करसहित ५० रुपैयाँ र संरक्षण शुल्क ५० गरी एक सय रुपैयाँ खरखडाइ दस्तुरबापत पुर्जी काटिएको छ। पुर्जीबिना निकुञ्जमा प्रवेश गर्न पाइँदैन। करिब ३० हजार जनाले खरखडाइ संकलन गर्ने अनुमान निकुञ्जको छ। मध्यवर्ती क्षेत्रका हजारौं स्थानीयहरू सोमबार विभिन्न नाकाहरूबाट एकै पटक निकुञ्ज प्रवेश गरेका छन्। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि खरखडाइ संकलन गर्ने समय तोकिएको उनले जानकारी दिए। सम्भावित खतराबाट जोगिन होसियारीका लागि उपभोक्ताहरूलाई सचेत पारेका छौं। भण्डारीका अनुसार वृद्धवृद्धा, अपांगता भएका र अशक्त व्यक्तिहरू र १६ वर्षमुनिका बालबालिकाहरूलाई खरखडाइका लागि निकुञ्ज प्रवेशको अनुमति दिइएको छैन।

खरखडाइ संकलनका लागि निकुञ्जले केही सर्तहरू अघि सारेको छ। जसअन्तर्गत खरखडाइ एवं संरक्षण शुल्क बुझाएको हुनुपर्ने, कोभिडको भ्याक्सिन लगाएको कार्ड हुनुपर्ने, खर, बनकस, नर्कटबाहेकका अन्य वन पैदावार संकलन गर्न नपाइने, हँसिया, डोरीबाहेकका अन्य हतियारहरू निकुञ्जभित्र लैजान नपाइने प्रावधान तोकिएको छ। प्रतिबन्धित वस्तुको निकासी पैठारी गरेको भेटिए वन्यजन्तु ऐन ०२९ र निकुञ्ज नियमावली ०५३ बमोजिम कारबाही हुने उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.