१० वर्षसम्म पनि पुलको काम नगर्ने ठेकेदारलाई कारबाही

१० वर्षसम्म पनि पुलको काम नगर्ने ठेकेदारलाई कारबाही

जाजरकोट : ठेक्का लिएको १० वर्षसम्म पनि पुलको काम नगर्ने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई साढे आठ करोड रकम जरिबाना तिराउने भएको हो ।

निर्देशनालयले एक सूचना जारी गर्दै उक्त निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै साढे ८ करोड रुपैयाँ दाखिला गराउने जनाएको छ । वाईपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण गर्ने काम अलपत्र पारेको थियो ।

निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि निर्माणकार्य गर्न अटेर गरेपछि गत मंसिर २९ गतेको विभागीय निर्णयअनुसार ठेक्का सम्झौता रद्द गरेको थियो । कम्पनीले २०६९ मा नै ठेक्का सम्झौता गरेको थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माणकार्य भने सम्पन्न गर्न नसकेपछि निर्माण व्यवसायीसँग ठेक्का तोडिएको हो ।

सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असुल उपर गर्ने व्यवस्था छ । सोही नियमावलीअनुसार उक्त ठेक्काको जम्मा रकम ८ करोड ५७ लाख ९५ हजार ६ सय २६ रुपैयाँ जरिबाना गरिएको निर्देशनालयका डिभिजन प्रमुख इन्जिनियर युवराज पोखरेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.