म्याच फिक्सिङका लागि पाँच खेलाडीलाई प्रस्ताव, व्यवस्थापककै पनि संलग्नता

सिआइवीको प्रतिवेदन

म्याच फिक्सिङका लागि पाँच खेलाडीलाई प्रस्ताव, व्यवस्थापककै पनि संलग्नता

काठमाडौं : नेपाल टि-२० लिगमा स्पट फिक्सिङमा खेलाडीसहित फ्रेन्चाइज टिमका व्यवस्थापकको पनि सहभागिता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी)ले स्पट फिक्सिङसम्बन्धी अनुसन्धानको प्रतिवेदन सकाएको छ। 

सिआइबीले मंगलबार पत्रकार सम्मेलनमार्फत् दिएको जानकारी अनुसार व्यवस्थापकको भूमिकामा रहेका ४ जना विदेशीको पनि म्याच फिक्सिङमा सहभागिता देखिएको हो। योसँगै स्पट फिक्सिङमा एक खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशीको संग्लनता रहेको सिआइवीले बताएको छ। 

स्पट फिक्सिङको आरोपमा सोमबार नै सिआइवीले दुई जना क्रिक्रेटरलाई प्रक्राउ गरिसकेको छ। फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन्। जिल्ला अदालत काठमाडौंबाट सोमबार ५ दिनको म्याद थप गरी दुवैलाई राष्ट्रिय खेलकुद विकास ऐनअनुसार अनुसन्धान गरिएको छ। पूर्व क्रिक्रेटर आलम लिगमा सहभागी थिएनन्। उनले फिक्सिङका लागि विचौलियाको काम गरेको सिआइवीको दाबी छ। 

सिआइवीका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार स्पट फिक्सिङका लागि विचौलियाले ५ जना खेलाडीलाई 'अप्रोच' (प्रस्ताव) गरेका थिए। त्यसमध्ये दुई जनाले स्वीकार गरेको र ३ जनाले 'रिजेक्ट' गरेका थिए। थापा भन्छन्, फिक्सिङका लागि कति रकम अप्रोच गरिएको भन्ने एकिन नभए पनि ठूलो रकम चलखेल गरिएको खुलेको छ। संगठित अपराध भएकाले सहभागी हुने समूह पनि धेरै हुनसक्ने देखिएको छ।'
 
थापाका अनुसार अहिलेसम्मको अनुसन्धानमा नेपाल क्रिकेट संघ (क्यान)को प्रत्यक्ष संग्लनता भेटिएको छैन। अनुसन्धानको क्रममा 'स्पट फिक्सिङ'को केही लेभलको प्रमाणहरू संकलन भइसको छ। क्यानलगायत सहभागी अन्य टिममाथि पनि अनुसन्धान हुने प्रवक्ता थपाको भनाइ छ। 

'यो लेभलको अपराधमा नेपाली होस् या विदेशी जोसुकै सहभागी भए पनि एकैखालको कारबाही हुनेछ,' उनले भने। सिआइवीले टि-२० लिगबाहेक अन्य खेलमा पनि फिक्सिङ भएको हुनसक्ने दाबी गरेको छ। सिआइवीले नेपालमा भएका यसअघिका खेलहरूलाई पनि सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ। 

सीआइवीका अनुसार फिक्सिङमा संलग्नता देखिएका १० जना काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापककै संलग्नता खुलेको छ। फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको प्रमाण भेटिएको छ। प्रहरीका अनुसार आलमले २ नेपाली खेलाडीमार्फत् स्पर्ट फिक्सिङको प्रयास गरेका थिए। 

प्रहरीका अनुसार उनले नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा 'नो बल' र एउटा 'वाइड बल' फाल्न अप्रोच गरेका थिए। जनकपुर रोयल्सबाट खेलेका आलमले कम्तीमा दुई खेलमा अप्रोच अनुसारकै बलिङ गरेका थिए। 

नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यवसायिक साझेदारीमा कीर्तिपुरस्थित क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिगमा लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा, खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा आँच पुर्‍याउने किसिमका गतिविधिहरूमा संलग्न रहेको खुल्न आएपछि उनीहरूलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसूर मुद्दाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

स्पट फिक्सिङको अनुसन्धानको क्रममा उक्त प्रतियोगितामा सहभागी केही फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोत नखुलेको र विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको प्रवक्ता थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.