भक्तपुरमा दर्ताबिनै औषधि पसल सञ्चालन
भक्तपुर : भक्तपुरमा दर्ताबिनै औषधि पसल सञ्चालन भएको पाइएको छ। मंगलबार भक्तपुरको च्याम्हासिंहमा रहेका पाँचवटा औषधि पसलको अनुगमन गर्दा दर्ताबिनै पसल सञ्चालन भएको पाइएको हो।
पसलमा बिक्रीका लागि फार्मेसिष्ट वा औषधि व्यवस्था विभागबाट अनुमति नलिएका व्यक्तिहरू राखेर सञ्चालन गरेको पाइएको भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशनमैंया सुवालले बताइन्।
दर्ता नगरेको, बिक्रीका लागि फार्मेसिष्ट वा औषधि व्यवस्था विभागबाट अनुमति नलिएका व्यक्ति राखिएको, विवरण तथा मूल्य सूची नराखेको पाइएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
१