कर्णालीमा मन्त्रालयको भागबण्डामा टुंगियो

सुर्खेत : कर्णाली प्रदेशमा सत्ता गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ।
सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मंगलबार भएको छलफलमा कुन मन्त्रालय कुन दलले लिने भन्ने भागबण्डामा सहमति भएको हो।
यस्तै सत्ता साझेदार दल नेकपा एमालेले सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र पर्यटन मन्त्रालय पाउने भएको छ।
जम्मा ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा सत्ता गठबन्धन भित्रका दलहरूले जलश्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पुर्वाधार विकास मन्त्रालयसँग गाभेर एक मन्त्रालय घटाउने यसअघि नै सहमति भइसकेको थियो।
एमाले र माओवादी केन्द्रबीच केन्द्रमा भएको सहमति अनुसार गत पुस २७ गते नै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री र पछिल्लो दिन नेकपा माओवादी केन्द्रका नेता मंगल शाही र नेकपा एमाले प्रदेश अध्यक्ष बिनोद शाह बिना विभागिय मन्त्री नियुक्त भइसकेका थिए।
अब प्रदेश सरकारमा माओवादीले नेतृत्व गरेका हुनाले नेकपा एमालेबाट प्रदेश अध्यक्ष समेत रहेका सांसद विनोद शाहले सरकारको नेतृत्व गर्ने छन्। उनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
