मधेश प्रदेशका सांसद माला कुमारी कर्ण र मो. रजी हैदरले लिए शपथ
जनकपुरधाम :मधेश प्रदेश सभामा नेकपा माओवादी केन्द्रका समानुपातिक सांसद माला कुमारी कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरु दुबैजनालाई कामकारवाही कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतबाट आदेश भएपछि शपथ रोकिएको थियो।
सर्वोच्च अदालतबाट मंसिर २९ गते अल्पकालिन अन्तरिम आदेश जारी भएपछि प्रदेशसभा सचिवालयले शपथ ग्रहणसम्बन्धी सम्पूर्ण कार्यमा रोक लगाएको थियो ।
तर,सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई नै सदर गरिदिएपछि दुवैजनालाई सभामुख रामचन्द्र मण्डलले शपथ ग्रहण गराएका हुन्।
सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदरमाथि कलस्टर विवादका कारण सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।
शपथ ग्रहणमा समारोहमा मधेशका मुख्यमन्त्री सरोज कुमार यादव, उपसभामुख बबिता कुमारी राउत इसरसहित संसदीय दलका नेताहरुको उपस्थिति थियो ।