जाजरकोटको कुशेस्थित दमदालामा फलेको सुन्तला।

जाजरकोटको कुशेस्थित दमदालामा फलेको सुन्तला।

जाजरकोट : जाजरकोटमा यस वर्ष ३३ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यसपालि १६ प्रतिशतले सुन्तलाको उत्पादनमा वृद्धि भएको हो। परम्परागत खेती प्रणालीलाई किसानहरूले बर्सेनि परिवर्तन गर्न थालेपछि सुन्तलाको उत्पादन बढेको हो। 

धान, मकै, गहुँखेतीजस्ता अन्नबाली उत्पादन गर्दै आएको जमिनमा किसानहरूले बर्सेनि व्यावसायिक सुन्तला खेतीको क्षेत्र विस्तार गर्न थालेका छन्। सुन्तला उत्पादनको लागि यस वर्ष राम्रो सिजन भएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जाजरकोटका निमित्त प्रमुख दीपेन्द्र पोखरेलले प्रत्येक वर्ष सुन्तला खेतीको क्षेत्र विस्तारले पनि यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको बताए।

कुशे गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म, भेरी नगरपालिका–१, २, ३, ४, ५, ६, ७ र १० नम्बर वडा, नलगाड नगरपालिकाको वडा नं. १ देखि ७ सम्म र छेडागाड नगरपालिकाको १०, ११ र १२ नम्बर वडाका १ सय ७५ निजी फर्म, समूह, सहकारीले ६ सय ५ हेक्टर जमिनमा व्यावसायिक सुन्तलाखेती गरिरहेको निमित्त प्रमुख पोखरेलले जानकारी दिए।१ सय ७५ फर्म, सहकारीका २ हजार २ सय १ जना किसानले व्यावसायिक सुन्तला खेती गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन इकाइ जाजरकोटले जनाएको छ। 

गत वर्षको तुलनामा १६ प्रतिशतले उत्पादन वृद्धि भएको सुन्तला यस वर्ष ६ हजार ७ सय ५० मेट्रिकटन उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिए।  किसानले प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गर्दा पनि ६ हजार ७ सय ५० टन सुन्तलाको मूल्य ३३ करोड ७५ लाख हुन आउने बताए। यस वर्ष जाजरकोट जिल्लामा ७ सय ५० हेक्टर जमिनमा किसानहरूले व्यावसायिक सुन्तला खेती गरिरहेका छन्। 

जाजरकोटमा उत्पादन भएको सुन्तला सुर्खेत, जाजरकोटकै खलंगा, छेडागाड, नलगाडलगायतका साना तथा मझौला बजारहरूमा बिक्री वितरण भइरहेको कृषि विकास कार्यालयले जनाएको छ। 

कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार यस वर्ष हालसम्म १९ करोडको सुन्तला बिक्री वितरण भइसकेको छ भने १४ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री गर्न बाँकी छ। कुशे गाउँपालिका–५ दम्दालाका शक्तिबहादर वली, वीरबहादर मल्ल, कर्णबहादुर थापा, पदी थापालगायतका ९० भन्दा बढी किसानले बर्सेनि सुन्तला खेतीबाट पाँच लाखभन्दा बढीको आम्दानी गरिरहेका छन्। जाजरकोटको समृद्धिको एक आधार व्यावसायिक सुन्तला खेती भएको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले बताए। 

व्यावसायिक सुन्तला खेतीलाई प्रवद्र्धन नगरी जिल्लाको आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै अध्यक्ष केसीले व्यावसायिक सुन्तला खेतीमा लागेका किसानलाई सरकारले प्रोत्साहन अनुदान र सहुलियत ब्याजदरको ऋण प्रवाह गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.