सुस्ता बचाउ अभियन्ता गुरुङको निधन

सुस्ता बचाउ अभियन्ता गुरुङको निधन

परासी : सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ। मष्तिष्क घात भइ गत पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेजमा उपचारार्थ ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको हो। 

भारतद्वारा पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाइमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो। नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि भारतद्धारा हुँदै आएको पटक पटकको अतिक्रमण कार्य रोकिनु पर्ने, अतिक्रमति भूमि फिर्ता हुनुपर्ने र स्थायी सीमा स्तम्भ स्थापनाको माग राख्दै सरकारलाई दबाब दिंदै आएका थिए।  

आर्थिक अवस्था कमजोर रहेका उनको उपचारका लागि बुटवल र नवलपरासीमा अभियान सञ्चालन गरिएको थियो। उपचारमा हालसम्म करिब ७ लाख बढी खर्च भएको परिवारजनले जनाएको छ। सरसपाटबाट लिइएको रकम अस्पताललाई तिरेर शव घर ल्याइएको परिवारजनले जनाएको छ। गुरुङका श्रीमती, २ छोरी र १ छोरा छन्।

सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो। १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ। अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए। १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भनेर दाबी गरेपछि अहिले सो क्षेत्र कसैले पनि भोगचलन नगरेको जयसवालले बताए। 

सुस्ता गाउँपालिका– ५ मा पर्ने नारायणी नदी पारिको सुस्ता गाउँमा हाल ३२५ घरधुरीमा ३२ सय जनसंख्याको बसोबास छ। नारायणी नदीबाट डुंगा चढेर जानुपर्ने सुस्तालाई तीन तिरबाट भारतीय भूमिले घेरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.