ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्ष पछि पक्राउ
भक्तपुर :सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । २०७० जेठ २७ गते दिउँसो ४ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा.३ च.५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भइ भक्तपुर गठ्ठाघर बस्ने ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो ।
एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं.१ बस्ने ४२ वर्षीय ईमबहादुर कार्की सो घटनापछि फरार थिए। भक्तपुर परिसरका सूचना अधिकृत राजु पाण्डेले प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
१