भेरीगंगाले दीर्घ रोगीलाई मासिक दुई हजार दिने

भेरीगंगाले दीर्घ रोगीलाई मासिक दुई हजार दिने

बीरेन्द्रनगर: सुर्खेतको भेरीगंगा नगरपालिकाले जटिल रोग र प्यारालाईसिस भएका बिरामीलाई मासिक दुई हजार रुपैयाँ दिने भएको छ। 

नगरपालिकाको पहिलो बैठकले नगरसभाबाट पारित गरी नगरपालिकामा भएका ९ वटा रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको हो।

नगरपालिकाले जटिल प्रकारका दीर्घ रोगबाट पूर्णअशक्त भएका बिरामीहरुलाई उपचार खर्च सम्बन्धी कार्यविधि २०७९ अनुसार मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिस गरी ९ वटा रोग भएका बिरामीहरुलाई उपचार खर्च स्वरुप मासिक दुई हजार दिने निर्णय भएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए। 

उनले भने, 'मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिस भएका बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार वापत मासिक दुई हजार खर्च उपलब्ध गराईने छ।'

दीर्घरोगबाट पीडित भएकाले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजात सहित नगरपालिकामा सम्पर्क गर्नुस्। नगरपालिकाले स्वास्थ्य सम्बन्धिको लागि करीब ३० लाख बजेट छुट्याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.