कर्णाली प्रदेश सरकारले पूर्णता पायो
बीरेन्द्रनगर: कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्ता गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एमालेले मंगलबार गरेको सहमति अनुसार बुधबार दुबै दलले नयाँ मन्त्री पठाएसँगै सरकारले पूर्णता पाएको हो।
कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री र नेकपा एमालेबाट सांसद विनोद शाह, माओवादीबाट सांसद मंगल शाही यसअघि नै मन्त्री नियुक्त भईसकेका छन्।
सात सदस्य मन्त्रिमण्डल रहेको प्रदेश सरकारमा बाँकी चार जना नयाँ मन्त्री र एक जना राज्यमन्त्रीको आज शपथ हुदैँछ। साँझ ६ बजे प्रदेश प्रमुख तिलक परियारको कार्यालयमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१