कर्मचारी लाइसेन्सको परीक्षा दिन जाने हुँदा यातायात सुर्खेत तीन दिन बन्द
बीरेन्द्रनगर: यातायात व्यवस्था कार्यालय सुर्खेतको नियमित सेवा तीन दिनलाई बन्द गरिएको छ।
कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागि हुने भएकोले बुधबारदेखि माघ १३ गतेसम्म कार्यालयका नियमित सेवा बन्द गरिएको हो।
यातायात कार्यालयमा कार्यरत कर्मचारीहरु प्रयोगात्मक परीक्षामा सहभागि हुने र कार्यालयमा कर्मचारीको संख्या कम भएकाले नियमित सेवा १३ गतेसम्मलाई बन्द गरिएको कार्यालय प्रमुख आनन्द चपाईले बताए।
हाल यातायात व्यवस्था कार्यालय सुर्खेतमा कार्यालय सहयोगीसहित ८ जना कर्मचारी छन् ।
प्रतिक्रिया दिनुहोस !
१