करेन्ट लागेर युवकको मृत्यु
वीरगन्ज: बारामा करेन्ट लागेर घाइते भएका वीरगन्जका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २७ घर भएका ३० वर्षीय राजु महत्तो छन्। गत आइतबार बाराको परवानीपुर गाँउपालिका वडा नम्बर १ बुनियादस्थित विद्युतको पोलमा चढेर तार मर्मत गर्ने क्रममा करेन्ट लागेर महत्तो गम्भीर घाइते भएका थिए।
घाइते महत्तोको एल एस न्यूरो अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।