राप्रपालाई सरकार छाड्न पूर्वराजा ज्ञानेन्द्रको दबाब ! (भिडियो वार्ता)
काठमाडौं: रापप्रालाई सरकार छाड्न दबाब परेको छ। अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापाको दमकमा भेटेका राप्रपा कार्यसम्पादन समिति सदस्य ऋषिबाबु परियारले पार्टीलाई सरकार छाड्न दबाब बढेको खुलाएका हुन्।
अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै परियारले भने,'राप्रपालाई सरकारमा जाने म्यान्डेट थियो र? भनेर मौसुफले सोधिबक्सियो। हिजो आज प्रधानमन्त्री प्रचण्डको व्यवहार पनि फेरिएको छ। हाम्रा मन्त्रीले हिन्दु राज्य र राजाको विषय बोले स्पष्टीकरण सोध्ने रे। यो अपमान सहेर सरकारमा बसिरहन सकिन्छ र!'
परियारसँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस्: