दादुराको प्रकोपविरुद्ध खोपका लागि राष्ट्रसङ्घको सहयोग

दादुराको प्रकोपविरुद्ध खोपका लागि राष्ट्रसङ्घको सहयोग

दक्षिण अफ्रिका : संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकामा दादुराका विरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले सो कुराको जानकारी दिएका हुन्।

उनले दक्षिण अफ्रिकामा पछिल्लो समयमा दादुराको प्रकोप बढेपछि त्यसबाट बचाउन यहाँको सरकारले सबैलाई खोप लगाउने अभियानको सुरुआत गरेको थियो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घको एक विशेष समूहले दक्षिण अफ्रिकामा नै रहेर सहयोग गरिरहेको जानकारी दिइएको समाचारमा जनाइएको छ । दक्षिण अफ्रिकाका नौ प्रान्तमध्ये पाँच ओटा प्रान्तमा नै यसको प्रकोप बढेको थियो ।

त्यसको नियन्त्रणका लागि खोप दिन थालिएको र त्यसमा संयुक्त राष्ट्रसङ्घको सहयोग रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन्।

उनले भने, 'हाम्रो समूहले ती स्थानमा रहेर काम गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरुको समूह पनि रहेको र उनीहरुलाई आवश्यक प्राविधि लगायतको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय टिमले सघाएको छ।' यहाँ गत हप्तामात्र ३९७ जनामा दादुराको सङ्क्रमण देखिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.