आज  भारतमा ७४ औं गणतन्त्र दिवस मनाइँदै

आज  भारतमा ७४ औं गणतन्त्र दिवस मनाइँदै

नयाँ दिल्ली : आज भारतको ७४ औं गणतन्त्र दिवस हो। गणतन्त्र दिवस भारतभर विभिन्न कार्यक्रमा गरी मनाइँदै छ।

 बिहीबार दिल्लीको ड्युटी रोडमा यस अवसरमा विशेष परेडको आयोजना गरिएको छ। यस पटक इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसी प्रमुख अतिथिको रूपमा समारोहमा उपस्थित हुने भएका छन्।

इजिप्टका राष्ट्रपतिलाई कार्यक्रममा सहभागी हुन निम्तो दिइएको यो पहिलो पटक हो । भारत र इजिप्टले यस वर्ष आफ्नो कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको उत्सव मनाउँदैछन्।

बुधबार अल-सिसी राष्ट्रपति भवन पुगेका थिए। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए। इजिप्टका नेताको यो भ्रमण भारत–इजिप्ट सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ ।  

परेडमा भारतका प्रदेश र केन्द्र सरकारका पक्षबाट झाँकीहरु देखाइने  तथा देशको विविधता र सशक्तीकरणको चित्र प्रस्तुत हुने बीबीसीमा उल्लेख छ।
 
परेडमा केन्द्रीय अर्धसैनिक बल, दिल्ली पुलिस, नेशनल क्याडेट कोर, एनएसएस र १९ सैन्य समूह समावेश छन्।

 
यसैबीच, कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार पुलिलले विभिन्न ठाउँमा चेक पोस्ट र गस्ती अभियानलाई तीव्र पारेका छन्।

करिब ६ हजार सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ। नयाँ दिल्लीमा कार्यक्रममा सहभागी हुनेका लागि  सहायता कक्ष स्थापना गरिएको छ। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.