नक्कली स्टिकरले राज्यलाई कति हानि ?

नक्कली स्टिकरले राज्यलाई कति हानि ?

काठमाडौं : सरकारको राजस्व छलेर कति नक्कली स्टिकर चोरी हुने गरेको छ भन्ने एकिन तथ्यांक छैन। आन्तरिक राजस्व विभाग, कार्यालय, भन्सार तथा प्रहरीले बेलाबेलामा अनुगमनको क्रममा समातिएको बाहेक अरू रेकर्डमा पनि आउँदैन। सबै अनुगमनबाट भेटिएका बाहेक थुप्रै छलीका कामहरू भए पनि सबै जानकारी नहुने भएकाले समग्रमा राज्यलाई कति घाटा भइरहेको छ भन्ने यकिन आंकडा भन्न सम्भव नहुने पूर्वराजस्व सचिव रामशरण पुडासैनी बताउँछन्। 

यद्यपि सरकारले अन्तःशुल्क लाग्ने वस्तुहरूमा तोकिएको दरलाई लिएर बाहिरिएको छलीको घटनालाई आधार मानेर केही अनुमान गर्न सकिने तर्क गर्छन्। तर, यो सतप्रतिशत राज्यलाई लागेको घाटाबारे थाहा नभए पनि केही हदसम्म अनुमान गर्न सकिने उनको भनाइ छ। 

आन्तरिक राजस्व विभागकाअनुसार अहिले सरकारले अन्तःशुल्कको दर बढाएको छ। २०७९ जेठ १५ पछिको दरलाई आधार मान्दा मदिराजन्य तथा सुर्तीजन्य वस्तुको दर बढाइएको छ। जसअन्तर्गत ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको प्रतिलिटर १ हजार ३ सय ६ रुपैयाँको अन्तःशुल्क स्टिकर प्रयोग गर्नुपर्छ। यसैगरी क्रमशः ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरालाई प्रतिलिटर १ हजार २ सय १५ रुपैयाँ र ४८.५ प्रतिशत अल्कोहल भएका र यसबाहेकका तयारी मदिरालाई प्रतिलिटर १ हजार ७ सय ५० रुपैयाँ लाग्छ। 

३४.२३ प्रतिशत अल्कोहल भएकालाई प्रतिलिटर ६ सय १०, २८.५३ प्रतिशत अल्कोहललाई प्रतिलिटर ४ सय ७२, १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएकालाई प्रतिलिटर ४२ रुपैयाँ अन्तःशुल्कको व्यवस्था छ। यस्तै अन्य मदिराको कच्चा पदार्थका रूपमा प्रयोग हुने मादक पदार्थ स्प्रिट समेतलाई प्रतिलिटर २ सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ। तर, आयातित मदिराको हकमा उक्त दरबन्दीमा तोकिएको अल्कोहलको मात्रामा १ प्रतिशतसम्म फरक भएमा सोही दरबन्दी लाग्नेछ र १ प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दीअनुसार अन्तःशुल्क लगाई असुल गरिँदै आएको छ। 

चुरोटको प्रतिपाकेट अन्तःशुल्क ३० रुपैयाँ लाग्दछ। फिल्टर नभएको सुर्ती (लम्बाइमा) प्रतिएम (अटोमिटर्स) ७ सय १० रुपैयाँ, ७० मिमिसम्मको लम्बाइको प्रतिएम १ हजार ६ सय ३५, ७० भन्दा बढी ७५ मिमिसम्म लम्बाइको प्रतिएम २ हजार ८ सय ८०, ७५ भन्दा बढी ८५ मिमिसम्म लम्बाइको २ हजार ८ सय ८० रुपैयाँ, ८५ मिमिभन्दा बढी लम्बाइको प्रतिएम ३ हजार ९ सय ६५ रुपैयाँ अन्तःशुल्क तोकिएको छ। 

तमाखुमा प्रतिकिलोग्राम २ हजार रुपैयाँ, चुरोट तथा बिडीको लागि प्रशोधित सुर्ती प्रतिकिलो ग्राम ३ सय ४३ रुपैयाँ र पुनर्निर्मित सुर्ती, प्याकिङ सुर्ती, धुलो सुर्तीलगायतको प्रतिकिलो ४ सय ६० रुपैयाँ शुल्क राज्यलाई र्निुपर्ने व्यवस्था छ। यसबाहेक जर्दा, खैनी, गुट्खा र निकोटीनयुक्त पान मसलाहरू र यस्तै सुर्ती मिश्रित तयारी वस्तुको प्रतिकिलोग्राम ८ सय २१ रुपैयाँ, र हुक्का फ्लेवरका वस्तुको प्रतिकिलोग्राम १ हजार ४ सय रुपैयाँको अन्तःशुल्क तिर्नुपर्छ। 

किन हुन्छ स्टिकरको चोरी ?

मुलुकभर अन्तःशुल्क टिकट प्रयोग हुने प्रतिष्ठानहरू कुल २ सय ७२ वटा छन्। यसअन्तर्गत मदिराको फ्याक्ट्री ९४ वटा, वाइनको ४० वटा, वियरको ११ वटा, साइडर (रेडबुल, एप्पल जुसजस्ता केही मात्रामा अल्कोहलको प्रयोग), चुरोटका ४ कम्पनी र सुर्तीजन्य (गुट्खा, सुर्ती)का १ सय २१ वटा फ्याक्ट्रीले आफ्नो उत्पादनमा अन्तःशुल्कको स्टिकर प्रयोग गर्ने गर्छन्। यो संख्या सरकारबाट इजाजत लिएर नवीकरण भएकाको हो। 

स्टिकर चोरी राजस्व चुहावट होइन छली हो। यस्ता खालको राजस्व छली एक प्रकारको अपराधसमेत ठानिन्छ। पूर्वराजस्व सचिव रामशरण पुडासैनी यस्ता क्रियाकलाप राज्यविरुद्धको अपराध भएको बताउँछन्। यो एक खालको अपराध नै हो। कानुनबमोजिम अन्तःशुल्कः स्टिकर लगाएर मात्रै यस्ताखालको राजस्व सरकारलाई तिर्नुपर्छ। राजस्व तिरेको प्रमाण स्टिकर हो। सक्कली स्टिकर लगाएमा राजस्व तिरेर अन्तःशुल्क अधिकारीको स्वीकृतिमै प्रणालीबाट बाहिर निकालिन्छ। स्टिकर नलगाएको चोरी पैठारी वा फ्याक्ट्रीबाट चोरेर निकालेको भन्ने बुझिन्छ। 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.