कालीकोटमा योजनाको अनुगमन

कालीकोटमा योजनाको अनुगमन

वीरेन्द्रनगर : कालिकोटको पचालझरना गाउव्पालिकाले विकासी योजनाहरूको समयमै कार्यसम्पन्न गराउन नियमित अनुगमनलाई प्रभावकारी बनाउने भएको छ। गाउँपालिका उपाध्यक्ष अल्किना बमले पालिकाबाट विभिन्न वडामा निर्माणाधीन अवस्थामा रहेका विकास निर्माणका योजनाहरूको समयमै कार्यसम्पन्न गराउन नियमित अनुगमन गर्न थालिएको बताइन्। 

‘गाउँमा विकासे योजनाको उपभोक्ता समिति गठन गर्दा नै विवाद भएर विकास निर्माणका काम ढिलो हुने, स्टिमेटअनुसार काम नहुँदा बजेट फ्रिज जाने समस्या हुन्छ’, उपाध्यक्ष बमले भनिन्। ‘पचालझरना गाउँपालिकामा विकासको जिम्मा लिएर विकास नगर्ने छुट कसैलाई पनि छैन। समयमै कामको थालनी गराएर समयमै कार्यसम्पन्न गराउन पालिकाले कडाइका साथ अनुगमन गर्छ।’

गाउँपालिका भित्र निर्माणाधिन रहेका सबै योजनाहरूमा कामको मूल्यांकनका आधारमा मात्र भुक्तानी हुने उनले बताइन्। ‘काम नभएका योजनाहरूमा बजेट भुक्तानी हुँदैन्। कागजी काम गरेर बजेट भुक्तानी लिने विगतका समस्याहरू हामी दोहोरीन दिदैनौँ। राज्यको स्रोत र साधनको सदुपयोग गर्नका लागि स्थानिय नागरिकहरूलाई पालिकाले पहल लिन्छ।’

पचालझरना गाउँपालिका–७ स्थित नानिकोटको खडेन्चि घोरेटो बाटो निर्माण, पंगेली माविको फिल्ड निर्माण, वडा नंं ८ स्थित थामिढुंगा प्रावि खडितोलीको भवन निर्माण, वडा नं. ६ स्थित जनप्रिय मावि बोलुगाँउको ६ कोठे भवन निर्माणलगायतका विकासी योजनाहरूको अनुगमन गर्दै उपाध्यक्ष बमले गुणस्तरीय काम गर्नका लागि उपभोक्ता समितिहरूलाई सुझाव दिइन्। 

उनले भनिन्, ‘समयमै गुणस्तरीय काम सम्पन्न गर्नका लागि नियमित काम गर्नुस्। दोस्रो चौमासिकमा सुरुवात भएका सबै योजनाहरू वैशाख महिनाभित्र काम सम्पन्न गरी पालिकाबाट भुक्तानी लिनुपर्छ। समयमै काम सम्पन्न गर्दा भुक्तानी लिनका लागि असार मसान्त कुर्नु पर्दैन्।’

पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाहीले पचालझरना गाँउपालिकाले सुशासन सहितको विकास गर्नका लागि योजनाको सुरुवातीदेखि निर्माण सम्पन्न गर्दासम्म प्रभावकारी अनुगमनको नीति लिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.