अर्थतन्त्र सुधारोन्मुख : गभर्नर

अर्थतन्त्र सुधारोन्मुख : गभर्नर

उदयपुर : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका—६ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने विश्वास व्यक्त गरे। करिब १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडा नं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना वर्षीय छोरा युगान्त र १९ वर्षीया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका हुन्। स्वर्गीय भतिज र भतिजीको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पु¥याए पनि पछिल्लो चार महिनायता सुधार हुँदै गएको दाबी गरे। 

उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिनायता बचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो।’ बाह्य समस्याका कारण नेपालको अर्थतन्त्र कमजोर भएको उनले बताए। 

‘त्यसका बाबजुद मौद्रिक नीतिमा केही सुधारात्मक अभ्यासहरू भइरहेका छन्’ उनले भने। 

उनले साना व्यवसायीलाई संरक्षण गर्ने गरी नीति बनाइएको बताए। अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोबारमा जोड्ने अभियान सुरु गरिएको बताए। यसका साथै विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंकसम्बन्धी जानकारी दिने काम सुरु गरिएको बताए। 

चौदण्डीगढीका मेयर कालुमान लामाले सामान्य किसानसँग जोडिने गरी राष्ट्र बैंकले कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए। उनले गरेर खान्छु भन्ने दृढ इच्छाशक्ति भएका सामान्य नागरिकलाई बैंकले ऋण नदिने र लगानी गर्ने स्रोत नहुँदा आर्थिक समृद्धिका बाटोहरू बन्द भएको बताए।  उपमेयर मणिकादेवी दुलालले सस्तो ब्याजदरमा सामान्य किसानले बैंकबाट ऋण पाउने हो भने मुलुक समृद्धशाली बन्न कुनै समय नलाग्ने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.