देशकै अनौठो उपाधिबाट पछि हट्यो सरकार

देशकै अनौठो उपाधिबाट पछि हट्यो सरकार

काठमाडौं : ललितपुर महानगरपालिका–१५ का जगदीश वैद्यलाई ‘माननीय विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’ उपाधि दिएकोमा सर्वत्र विरोध भएपछि उक्त निर्णयबाट सरकार पछि हटेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यससम्बन्धी निर्णय कार्यान्वयन नगर्न मातहतका ३० निकायलाई पत्र पठाएको हो। ‘हामीले पहिला पत्राचार गरेकाहरूलाई निर्णय कार्यान्वयन नगर्न÷नगराउन पत्र पठाएका छौं’, मन्त्रालयका उपसचिव टेकनाराण पौडेलले भने।

वैद्यलाई २०६७ मंसिर २२ गतेको गृहमन्त्रीस्तरको निर्णयबाट आजीवन राष्ट्रिय पर्व, उत्सव तथा कार्यक्रममा सहभागी हुन विशिष्ट आमन्त्रितको सूचीमा समावेश गरिएको थियो। संस्कृति मन्त्रालयका उपसचिव पौडेलले सचिवस्तरको भदौ १२ गतेको निर्णय भन्दै वैद्यलाई मातहतका निकायका कार्यक्रममा निमन्त्रणा कार्ड पठाउने व्यवस्था गर्न भन्दै ‘कार्यार्थ’ पत्र पठाएका थिए। त्यसबारे समाचार अन्नपूर्ण पोस्ट्मा बुधबार प्रकाशन भएको थियो। 

उक्त पत्राचारअनुसारको निर्णय कार्यान्वयन नगर्न मन्त्रालयले पुनः पत्र पठाएको छ। ‘यस मन्त्रालयको च.नं ३४२  मिति २०७९÷६÷१४ को पत्रमार्फत ललितपुर महानगरपालिका १५ ताल्छिखेल निवासी मा. विरिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी प्रा. डा. जगदशि वैधलाई गृह मन्त्रालयको मिति २०६७÷८÷२२ को माननीय मन्त्रीस्तरीय निर्णयबाट आजीवन नेपाल सरकारको सम्पूर्ण निकायहरूमा राष्ट्रिय पर्व, उत्सव तथा राष्ट्रिय कार्यक्रमहरूमा र विशिष्ट पाहुनाको स्वागत र निजी कार्यक्रममा सहभागी हुन विशिष्ट आमन्त्रितको सूचीमा नाम समावेश गरिएको हुँदा त्यस निकायबाट हुने कार्यक्रममा सहभागी हुन निजलाई विशिष्ट आमन्त्रितको सूचीमा नाम समावेश गरी निमन्त्रणा कार्ड पठाउने गर्न हुन र सोको जानकारी निजलाईसमेत गराउन हुन लेखी पठाएकामा हाल उक्त निर्णय कार्यान्वयन नगर्न  नगराउन हुन नेपाल सरकार (सचिवस्तर) मिति २०७९÷१०÷१० को निर्णयअनुसार अनुरोध छ’, पत्रमा लेखिएको छ।

शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णयबाट समाजसेवी उपाधि दिएका थिए। गृह मन्त्रालयले ३ पुस २०७४ मा वैद्यलाई आजीवन वरिष्ठ समाजसेवी भन्दै विभिन्न निकायमा राष्ट्रिय पर्व, उत्सव तथा राष्ट्रिय कार्यक्रमहरूमा विशिष्ठ पाहुनाका रूपमा स्वागत र निजी कार्यक्रममा समेत सहभागिता हुने विशिष्ठ सूचीमा राख्न परिपत्र गरेको थियो।

यसअघि स्वास्थ्य मन्त्रलायले बिना कुनै आधार विशिष्ट श्रेणीको समाज सेवीको रूपमा वैद्यलाई कार्यक्रमहरूमा सहभागी गराउन काठमाडौंका नाम चलेका ठूला निजी अस्पतालमा पनि सबै कार्यक्रममा अनिवार्य निमन्त्रणा गर्नका लागि विभिन्न अस्पताललाई परिपत्र गरेका उनीनिकट एक व्यक्तिले बताए। 

वैद्य आफूले सयौं मूर्ति स्थापना गरेको दाबी गर्छन्। विद्यालय, विश्वविद्यालय, संस्थामा पनि आफूले समाजसेवा गरिरहेको उनको भनाइ छ। उनलाई नजिकबाट चिन्नेहरूले सबै कुरा झुठो भएको बताउछन्। उनले आफ्नो नामका अगाडि लेख्ने मानार्थ प्रा. डा. पनि झुठो भएको धेरै व्यक्तिको टिप्पणी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.