मधेस प्रदेशमा पाएन जनमतले रोजेको मन्त्रालय
जनकपुरधाम: संघीय सरकार जस्तै मधेस प्रदेश सरकारमा पनि जनमत पार्टीको मन्त्रालय खोसिएको छ। संघीय सरकारमा जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय दिने सहमति भए पनि पछि खानेपानी मन्त्रालयमात्र पाएको थियो।
मधेस प्रदेश सरकारमा पनि जनमतले रोजेको मन्त्रालय पाएको छैन। जनमत पार्टीलाई सहमति विपरित समाजिक विकास मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको हो।
विना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेसँगै समाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेको भनी समाजिक सञ्जालमा बधाई तथा शुभकामनाको आईरोपछि उनलाई आधिकारीक रुपमा समाजिक विकास मन्त्रालय खोसेर भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिईएको हो।
मधेस प्रदेशका प्रदेश प्रमुख काम विशेषले काठमाडौं भएको बेला मन्त्रालयको बाडफाँडको जिम्मेवारीमा जनमतका ईन्जिनियर बसन्त कुशवाहालाई समाजिक विकास मन्त्रालय दिईएको चर्चा भएपनि अन्तिम समयमा आएर उनलाई समाजिकबाट भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिईएको छ।
मधेस प्रदेशमा अहिलेसम्म मुख्यमन्त्री र तीन मन्त्रीहरुले शपथ ग्रहण गरिसकेको छन्। मन्त्रालयको भागबण्डा टुंगिएसँगै आज कार्यभार सम्हाल्न लागेको छ।