सर्वोच्च परिसरमा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ
काठमाडौं: सर्वोच्च परिसरमा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन्।
सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसला सुनाउँदै उनको सांसद पद नरहने भएपछि लामिछानेको पक्षमा नाराबाजी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।
लामिछानेका समर्थकले उनको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि प्रदर्शनकारी पक्राउ परेका हुन्।