मधेश : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले गरे पदभार ग्रहण

मधेश : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले गरे पदभार ग्रहण

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री इन्जिनियर बसन्त कुशवाहाले शुक्रबार पदभार ग्रहण गरेका छन्। 

मंसिर २९ गते विना विभागीय मन्त्रीको सपथ लिएका कुशवाहाले आज भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सपथ लिएका हुन्। 

उनले आफ्नो कार्यकक्षमा राममनोहर यादवसहित मधेश आन्दोलनका शहिदहरूको फोटो राखेर काम सुरु गरेका हुन्। 

पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए। 
किसान आन्दोलन जनमत पार्टीले सुरु गरेको स्मरण गर्दै मधेशको हरेक किसानले सरकारको तर्फबाट किसान कार्ड लागू गर्ने योजना रहेको बताए।

किसानहरूको साझा समस्याका विषय र समस्या समाधान मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री कुशवाहाले बताए। 

यसअघि कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो।

सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरूले समेत अडान नछाडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुशवाहालाई दिइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.