सेक्युरिटी गार्डले नै अर्को बैंकको एटीएम फोड्न खोजेपछि...

सेक्युरिटी गार्डले नै अर्को बैंकको एटीएम फोड्न खोजेपछि...

भक्तपुर : भक्तपुर प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एक जनालाई पक्राउ गरेको छ। 

भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका-३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन्। 

उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेसिन फुटाउन खोजेको र असफल भई छाडी आएको देखिएकाले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए। 

हाल मुक्तिनाथ विकास बैंकको गार्डका रूपमा रहेका उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ। 

उनी २०६१ सालमा भर्ना भएका सशस्त्र प्रहरीको पूर्व कर्मचारीसमेत रहेको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.