टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान

टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ। शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो। 

सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो। दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए। 'दुवैतर्फबाट अवतरण सहजै छ', उनले भने, 'यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ।'

केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उनको भनाइ थियो। 'यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ।' 

सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले अहिले जहाज अवतवरणका लागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताए। अहिले जहाज नियमित नहुँदा यात्रुले पटक–पटक असुविधा पाउने गरेका छन्। त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। 

'समयमा जहाज नआउने, नियमित नआउने समस्या छ', उनले भने, 'यसले गर्दा हामीहरु पनि नेपालगञ्ज, भैरहवा जानुपर्ने अवस्था छ, यसको अन्त्य भई हामीले सहज सेवा पाउनुपर्छ भन्ने हो।' 

हाल नेपाल वायुसेवा निगमको १९ सिटे जहाजले हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने गरेको छ। हाल टरिगाउँमै इन्धन डिपो स्थापना भइ सञ्चालनमा आइसकेको छ तर भाडा घट्न सकेको छैन। हाल दाङदेखि काठमाडौँको न्यूनतम आठ हजार आठ सय दश र काठमाडौँदेखि दाङको भाडा न्यूनतम नौ हजार १० रहेको छ। 

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ। साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तारका लागि पहल भइरहेको छ। उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान भर्ने गरेको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.