विद्यार्थीलाई राजनीतिबाट टाढा नराखौँ: नारायणमान विजुक्छे

विद्यार्थीलाई राजनीतिबाट टाढा नराखौँ: नारायणमान विजुक्छे

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विद्यार्थीलाई राजनीतिबाट टाढा राख्न नहुने बताएका छन्। उनले अभिभावकलाई देशको नीति बुझ्न पनि विद्यार्थीलाई राजनीतिसँग जोड्नुपर्ने सुझाव दिएका छन्। 

लिबालीस्थित लिशा इंग्लिस सेकेण्डरी स्कुलले वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा विजुक्छेले राजनीति सबैले बुझ्नुपर्ने बताए। 

जनताले राजनीति सही रुपमा नबुझ्दा देशमा अहिलेको संकट आइरहेको चर्चा गर्दै उनले राजनीति सबै नीतिको राजा भएकोले राजनीति ठिक हुनुपर्ने बताए। राजनीतिबाट भाग्दै जाँदा गलत मानिसहरु राजनीतिमा आउने र उसले गलत काम गर्ने विजुक्छेको भनाइ छ। 

अध्ययनको अभावले विदेशमा भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधानमन्त्री र परराष्ट मन्त्रीले नबुझ्दा केही पनि विषयवस्तु नबुझेर बेइजत भएको भन्दै उनले भने, 'म त्यो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नाम लिन्न तर तिनीहरुले गर्दा हाम्रो देशको नै बेइजत भयो।
 
उनले विद्यार्थीलाई पाठ्यपुस्तकका साथै राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिबारे पनि बुझाउन विद्यालय र स्कुलका शिक्षकशिक्षिकासँग आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.