नकआउट टि-२० किक्रेट प्रतियोगिताको उपाधि साउथ जोन माविलाई
वीरगन्ज : वीरगन्जमा आयोजित सातौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० किक्रेट प्रतियोगिताको उपाधि साउथ जोन माविले जितेको छ।
शनिबार आदर्शनगर रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मनकामना माविलाई १८ रनले पराजित गर्दै साउथ जोनले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ् गरेको साउथ जोन माविले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४२ रन बनाएको थियो।
१४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मनकामना माविले १८.३ ओभरमा अलआउट हुँदै १२४ रन मात्र बनाएपछि खेल जित्दै साउथ जोन माविले उपाधि उचालेको हो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी साउथ जोन माविका चन्दन राम घोषित भए। यस्तै बेस्ट ब्याट्सम्यान मिनिल्याण्ड माविका सोनु पटेल, बेस्ट बलर मिनिल्याण्ड माविकै नितेश पासवान घोषित भए।
विजेता र उपविजेता टिमका खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल कार्की र प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले ट्रफी र मेडल प्रदान गरे।
प्याब्सन पर्साको आयोजनामा माघ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा २५ वटा निजी विद्यालयका टिमले भाग लिएका थिए।