गुल्मीमा घरभित्रै महिलाको शव भेटियो
गुल्मी : जिल्लाको मुसिकोट नगरपालिका-७ वामीकी एक महिलाको घरभित्रै शव भेटिएको छ।
५७ वर्षीय गंगादेवी शेरचनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बिहान अबेरसम्म शेरचनले ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थलमा पुगेर हेर्दा घरभित्र चेनगेट नजिकै हातखुट्टा टेपले बाँधेर पल्टाएको अवस्थामा शव भेटिएको हो।
घटनाका सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अर्जुन रानाभाटले जानकारी दिए।
शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन्। उनले लामो समयदेखि आफ्नै घरमा होटल सञ्चालन समेत गर्दै आएकी थिइन्।
शेरचनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया दिनुहोस !
१