ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ
भक्तपुर : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्।
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ (निज तत्काल गणेश भट्टामा पानी पाले) र ४१ वर्षीय बहादुर तामाङ (तत्काल सोही भट्टाको गाडी चलाउने) पक्राउ परेका हुन्।
२०६२ माघ ३० गते भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीमा रहेको गणेश इँट्टाभट्टा नजिकै रहेको कुलो छेउमा रोल्पा घर भई सोही इँट्टा भट्टामा काम गर्ने ४१ वर्षीय कृष्ण योगीलाई शरीरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरेका थिए।
यसबारे थप अनुसन्धान भइरहेको सूचना अधिकृत राजु पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !
१