जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जाजरकोट : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जाजरकोट बारेकोट गाउँपालिका-९ निवासी ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको छ। 

उच्च अदालत सुर्खेतले गत साउन ३० गतेको फैसला आदेशले महतारालाई नौ वर्ष कैद र पचास हजार रुपैयाँको फैसला गरेको थियो। 

त्यसयता उनी फरार थिए। गाउँकै एक महिलालाई बलत्कार गरेपछि २०७७ असोज १४ गते पक्राउ परेका थिए। 

जिल्ला अदालत जाजरकोटले उनलाई सफाई दिएपछि उनी २०७८ असारमा जेलबाट छुटेका थिए। उनी दोषी हुँदाहुँदै आर्थिक चलखेलमा जिल्ला अदालतले उनलाई जिताएको आशंका गरिएको थियो। 

तर उनको मुद्दा पुनः उच्च अदालतमा परेको थियो। उच्च अदालतले उनलाई जेल सजाय र जरिवाना तोकेपनि उनी फरार हुँदै आएका थिए। 

उनी लुकीछिपी घरमै बसेको सूचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए। 

पक्राउ परेका उनलाई जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.