मधेश प्रदेशमा नवनियुक्त अर्थमन्त्री संजय यादवले गरे पदभार ग्रहण

मधेश प्रदेशमा नवनियुक्त अर्थमन्त्री संजय यादवले गरे पदभार ग्रहण

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन्। 

बिहीबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आइतबार दिउँसो पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजश्वलाई वृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पुँजीगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए।

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन्। 

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पुस २९ गते विनाविभागीय मन्त्रीहरुसँगै शपथ लिएका थिए।

मुख्यमन्त्री यादवले माघ १२ गते विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए। मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए।

मुख्यमन्त्री यादवले प्रदेशका बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन्। मधेस प्रदेशको सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति जुट्न नसक्दा सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। मुख्यमन्त्री यादवले सम्भवत सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने श्रोतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.