कर्णालीमा आमसञ्चार प्रतिष्ठान अगाडि बढाउछु : मन्त्री जिसी

कर्णालीमा आमसञ्चार प्रतिष्ठान अगाडि बढाउछु : मन्त्री जिसी

वीरेन्द्रनगर : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठान अगाडि बढाउने बताएका छन्। 

सुर्खेतमा आयोजित कार्यक्रममा मन्त्री जिसीले यस्तो बताएका हुन्। मन्त्री जिसीले पत्रकारको भौतिक तथा पेशागतका साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले आमसञ्चार प्रतिष्ठानमार्फत कामहरू गर्ने बताए। 

उनले भने, 'कर्णाली प्रदेश सरकारले छिट्टै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधेयक ल्याउने तयारी छ। पत्रकारिता जगतमा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा आवश्यक परामर्श गरिरहेका छौँ।'

सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको बताए।
    
मन्त्री जिसीले कर्णालीका जनतालाई छिटोछरितो सही सूचना दिन र खबरदारी गर्न कर्णालीका पत्रकारको भूमिका प्रशंसनीय रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.