ब्रान्डेड बोतलमा नक्कली मदिरा

ब्रान्डेड बोतलमा नक्कली मदिरा

काठमाडौं : झट्ट हेर्दा ब्रान्डेड मदिराको बोतल। राजस्व अन्तःशुल्कको स्टिकर पनि टाँसिएको छ। लेवलिङ र प्याकेजिङ पनि दुरुस्तै छ। तर, बोतलभित्रको मदिरा भने निकै कमसल। अत्यधिक केमिकल हालेर हानिकारक बनाइएको छ।

मदिरा पिउनासाथ वान्ता हुने, टाउको दुख्ने, पेट पोल्नेलगायतका समस्या देखिएको छ। नियालेर नहेर्ने हो भने सक्कली–नक्कली छुट्ट्याउन सकिन्न। पछिल्लो समय बजारमा नक्कली मदिराको देखिन थालेको छ। ब्रान्डेड बोतलमा नक्कली मदिरा बनाएर बेच्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

उपत्यका अपराध अनुसन्धान महाशाखाको समूहले केही समय अगाडिदेखि नै बजारमा नक्कली मदिराको बिगबिगी रहेको सूचना पाएको थियो। सूचनालाई फलो गर्दै अपरेसन लिमा २ सञ्चालन गरी अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका क्रममा नक्कली मदिरा बनाउने र जानाजान पसलमा राखी बेचबिखन गर्ने दोलखाका निरज उप्रेती, स्याङ्जाकी धर्मी गौडेल, सिन्धुलीका गणेणबहादुर राना मगर पक्राउ गरेका हुन्। 

महाशाखा प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार पक्राउ परेका तीन जनासँगै प्रहरीले विभिन्न कम्पनीका नक्कली मदिरा र बनाउन आवश्यक सामग्रीहरू बरामद गरेको छ। रेड लेभल, ब्ल्याक लेभल, ज्याक डेनिल, डबल ब्लाक, ओल्ड दरबार, ग्लोडेन ओक, खुकुरी रमलगायतका खाली बोतल पनि बरामद गरेको छ। योसँगै मदिरा भरिएका र अन्तशुल्कको स्टिकरसमेत लगाइएको गोल्डेन ओक, खुकुरी रम, २०२० एप्पल, मुग्लाङलगायतका मदिरा पनि प्रहरीले बरामद गरेको छ। 
अपरेसनको विषयमा महाशाखा प्रमुख एसएसपी केसी भन्छन्, ‘केही समयअघि ह्विस्की र भोड्काको कालोबजारी धेरै थियो। तर, अहिले कालोबजारीहरूको नजर खुकुरी रम र विदेशी मदिरामा परेको देखिन्छ। यसरी बनाइएको मदिरा स्वास्थ्यको दृष्टिले निकै हानिकारक भएको र केमिकलको बढी प्रयोग गरिएको हुन्छ। पुरानो र कमसल रक्सी मिलाइएको हुन्छ। 

  •     ब्रान्डेड बोतलमा नक्कली मदिरा बनाएर बेच्ने ३ जना पक्राउ
  •     विभिन्न कम्पनीका नक्कली मदिरा र बनाउन आवश्यक सामग्री पनि बरामद

प्रहरीका अनुसार ललितपुर कुपण्डोलमा रहेको नेक्स टेस्ट लिक्वर स्टोरमा नक्कली खुकुरी रम फेला परेको थियो। निरज उप्रेतीले सञ्चालन गरेको पसलमा नक्कली मदिरा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेकोे थियो। काठमाडौं मित्रनगरमा रहेको एसटी लिक्वर स्टोरकी सञ्चालक धर्मी गोडेलको पसलमा खुकुरी रम र रस्लान भोड्का नक्कली फेला परेको थियो। नक्कली मदिरा उत्पादन गरी सिन्धुलीका गणेशबहादुर रानाले बजारमा पठाउँथे। नक्कली मदिराको रकम सस्तो राख्थे। सस्तोमा पाएपछि उनीहरूले महँगो दरमा नक्कली मदिरा बेच्दै आएका थिए।

अनुसन्धानका क्रममा नाफा बढी हुने भए पनि लिक्वर स्टोरका सञ्चालक जानाजान नक्कली मदिरा किन्ने र बेच्ने गरेको खुलेको छ। यस्ता मदिरा उपत्यकामै बढी खपत हुने गरेको छ। यस्तै, मदिरा उत्पादक समूहले एकपटक उत्पादन भएका नक्कली मदिरा बिक्री भएपछि मात्रै अन्य उत्पादन गर्ने गरेका थिए। कारखाना ठाउँठाउँमा सार्ने गरेका थिए। 

अनुसन्धानका क्रममा विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन, हरी वली, मनोज खत्री, गौरव तामाङ, गोपीकृष्ण श्रेष्ठलगायतले ललितपुर टिकाथलीस्थित जस्ताको टहरा भाडामा लिई स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिराहरू बेच्ने गरेको खुलेको छ।

अनुसन्धान टोलीले नक्कली मदिराहरू र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका रक्सीहरूको खाली बोतल, राजस्व अन्तशुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिनलगायत अन्य विभिन्न सामग्री बरामद गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाए ऐनअन्तर्गतको कसूरमा अनुसनधान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.