नगरभित्रका जेष्ठ नागरिकलाई विधुतीय जग उपहार

नगरभित्रका जेष्ठ नागरिकलाई विधुतीय जग उपहार

उदयपुर:  उदयपुरको त्रियुगा नगरपालिका–११ बाट सामाजिक सुरक्षा भत्ता लिने सबै जनालाई विद्युतीय जग वितरण गरिएको छ।

 
जाडोको मौसममा तातोपानी पीउन सहज बनाउन जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला शीर्षकको ५ लाख वजेटबाट ६३५ जनालाई  विद्युतीय उपकरण वितरण गरेको हो।
 
भ्याटसहित ८५० मुल्य रहेको जग शारीरिक, मानसिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, ६० वर्ष माथिका दलित परिवारका सदस्य तथा ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई चिसोबाट बच्न इलेक्ट्रिक सामान उपलब्ध गराइएको वडाध्यक्ष सुमन्त कोईरालाले बताए।
 
उनले भने, ‘मापदण्ड अनुसार सबैलाई वितरण गरिएको छ, कसैले नपाए फेरि वितरण गरिनेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.