चाँगुमा राष्ट्रपति रनिङ शिल्ड सुरु
भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिकाले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ।
प्रतियोगितामा तेक्वान्दो, उशु, लङजम्प, सटपुट, ट्रिपल जम्प, कराँते, हाइजम्प, ज्याभलिन थ्रो, दौड, रिले दौड, भलिबल र कबड्डी खेल समावेश गरिएका छन् । प्रतियोगितामा ३१ विद्यालयका दुई सय ८९ छात्र , एक सय ८९ छात्रा गरी कुल आठ सय ६४ जना खेलाडीको सहभागिता छ।
कार्यक्रमका संयोजक एवम् नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले विभिन्न कारण यसअघिको कार्यकालमा हुन नसकेको प्रतियोगिता यो वर्षबाट सुरू भएको बताए।
माघ १८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नगर खेलकुद समिति, जिल्ला खेलकुद विकास समिति तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोग छ।
प्रतिक्रिया दिनुहोस !
१