विश्वमा कोरोना भाइरसका ७९ हजार संक्रमित थपिए

विश्वमा कोरोना भाइरसका ७९ हजार संक्रमित थपिए

काठमाडौं: विश्वमा ७९ हजार ८६ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अध्यावधिक विवरण अनुसार विश्वमा कोरोना भाइरस संक्रमणबाट ६३० जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ । 

जसअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६७ करोड ४९ लाख ७३ हजार ८३७ पुगेको छ। अहिलेसम्म ६७ लाख ६० हजार ३०४ जनाले ज्यान गुमाएका छन्। 

अहिले पनि २ करोड ९ लाख ८३ हजारमा सक्रिय संक्रमण छ। ४२ हजार १८४ जनाको अवस्था गम्भीर छ। 

अमेरिकामा पछिल्लो २४ घण्टामा ६ हजार ५५२ जना संक्रमित थपिएका छन् भने ८८ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.