ज्येष्ठ नागरिकलाई वडाबाट सहयोग

ज्येष्ठ नागरिकलाई वडाबाट सहयोग

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ बाट सामाजिक सुरक्षा भत्ता लिने सवै जनालाई विद्युतीय जग वितरण गरिएको छ।

जाडो मौसममा तातोपानी पीउनका लागि सहज बनाउन वडा नं ११ ले जेष्ठ नागरिक, अपांग, एकल महिला शीर्षकको ५ लाख बजेटबाट ६ सय ३५ जनालाई उक्त उपकरण वितरण गरेको हो।

भ्याटसहित ८ सय ५० मूल्य रहेको जग शारीरिक, मानसिक अपांगता भएका व्यक्ति, एकल महिला, ६० वर्ष माथिका दलित र ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न उपलब्ध गराइएको वडाध्यक्ष सुमन्त कोइरालाले बताए।

उनले भने, ‘मापदण्ड अनुसार सवैलाई वितरण गरिएको छ, कोही छुटेको भए पुनः वितरण गरिने छ।’ उनले थपे, ‘अहिले खरिद गरिएको वडाको ५ लाख बजेटबाट हो, त्यसमा पनि बजेट अपुग भएकाले वडा र नगरलाई आर्थिक भार नपर्ने गरी अन्य सहयोगी निकायबाट स्रोत जुटाएर वितरण गरेका हौं।’

वडाध्यक्ष कोइरालाले भने, ‘जाडोको मौसम छ, परिवारका सदस्यले कतिबेला तातोपानी तताउलान् र पिउनु भनेर बसेका ज्येष्ठ नागरिकलाई आफ्नै कोठामा पानी तताउन मिल्ने गरी जग उपलब्ध गराएका हौं।’ उनले भने, ‘यो जग भएपछि पानी पीउन मन लागेका बेला तताउन मिल्छ, त्यति मात्र नभई परिवारका सदस्यलाई पानी तताइदेउ भन्नु र आश गर्नु परेन।’

वडाध्यक्ष कोइरालाले भने, ‘कतिपय जेष्ठ नागरिक परिवारबाटै अपमानित भएर बसेका छन्, पानी तताउने निहुँले झगडा हुने र चिसो पानीकै भरमा बस्नुपर्ने बाध्यता छ, त्यस्ता आमाबुवाका लागि यो उपयोगी हुने ठानेका छौं।’ उनले भने, ‘अव वडाका कोही पनि ज्येष्ठ नागरिकले तातोपानी पीउनका लागि परिवारको आशा गर्नु पर्दैन।’

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, उपमेयर महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन तथा स्वयंसेवीलाई वडाध्यक्ष कोइरालाले सम्मान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.