कामनाको ३१ करोड ऋण दुरुपयोग

कामनाको ३१ करोड ऋण दुरुपयोग

काठमाडौं : करिब २ वर्ष अघि कमसल जग्गा धितोबाट ३१ करोड रुपैयाँ बराबरको ऋण दुरुपयोग भएको कामना सेवा विकास बैंकमा जोडिएकालाई प्रहरीले कारवाही सुरु गरेको छ।

झापाको दमक प्रहरी कार्यालयले दुरुपयोगमा समावेश भएकालाई पक्राउ पुर्जी जारी गरिसकेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत आफै बयान दिनपुगे। प्रहरीले उच्च अदालत इलाममा एक साताको लागि म्याद थप माग गर्दै निवेदन दिएको छ।

सुपरीवेक्षणको क्रममा  ऋण अपचलन भएको देखेपछि नेपाल राष्ट्र बैंकले थप अनुसन्धान तथा कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा दिएको थियो। राष्ट्र बैंक उच्च स्रोतका अनुसार सुपरीवेक्षणको क्रममा कमसल धितोमा बजार मूल्यभन्दा बढीमा कर्जा प्रवाह भएको, अर्कैको परियोजना देखाएको लगायतका दुरुपयोग भएको छ।

केन्द्रीय बैंकको बित्तीय सुपरीवेक्षण विभागको अनुगमनमा ३७ करोड रुपैयाँ ऋण दुरुपयोग भएको देखिएको थियो। ३ महिनाअघि ऋण दुरुपयोग भएको अनुगमनबाट पत्ता लागेपछि केन्द्रीय बैंकले डेढ महिना अघि मात्रै कारवाही गर्न सिआईबीलाई लिखित पत्र पठाएको थियो। कमसल धितोमा कर्जा भएको हुदा यसलाई बैंकिङ कसुर तथा सजायँ ऐन –२०६४ अनुसार कारवाही गर्न पत्र पठाइएको थियो।

सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापा राष्ट्र बैंकले अनुसन्धान तथा कारवाही गर्न पत्र पठाए पनि यो बैंकको मुद्धा क्षेत्राधिकारको हिसावले इलाका प्रहरी कार्यालय दमकलाई पठाइएको बताउँछन्। ‘क्षेत्राधिकारको हिसावले मुद्धा दकम कार्यालयबाटै चल्नु पर्ने भएकाले उतैबाट काम गरेको हो। सिईओ बस्नेत प्रहरी कार्यालयमा हाजिर भएको भन्ने जानकारी आएको छ,’ उनले भने। ऋण हिनामिनामा जोडिएका करीब १२ जनालाई प्रहरीले पक्राउ पूँजी जारी गरीसकेको छ। तर भ्यालुएटरले भने करीब ८–९ महिना अघि आत्महत्या गरेको बैंकले जनाएको छ।

कसरी भयो ऋण अपचलन

यो ऋण कोभिडको समय अवधिमा अपचलन भएको हो। बैंक उच्च  स्रोतका अनुसार कोभिडको समयभित्रै दमक शाखा कार्यालयको तल्लो तहको कर्मचारीको मिलेमतोमा कर्जा दुरुपयोग भएको देखियो। 

‘विभिन्न फरक १२ ऋणीको नाममा करीब ३१ करोड रुपैयाँ बराबरको कर्जा  अपचलन भएको हो।  धितोले नखाम्ने जग्गा गरी मुल्यांकन गरेर कर्जा दिइएको छ। यस्ता धितो  राखी पास गर्दिए प्रतिफल बढी दिने जस्ता प्रलोभनमा पारेको देखिन्छ,’ बैंक स्रोत भन्छन्,‘अपचलन गर्ने ऋणीले यसअघि सहकारीमा पनि यस्तै गरेको सुनिन्छ। यता भ्यालुएटरले गरेको अधिकांश फाइलमा ओभर भ्यालुएशन गरेको छ।’

बैंक व्यवस्थापन र सञ्चालक समितिले कमसल धितोमा कर्जा दुरुपयोग भैरहेको बारे गत वर्ष माघमा मात्रै थाहा पाएको बताएको छ। स्रोतकाअनुसार यस्को शंका लागेसँगै बोर्डले अनुसन्धान गर्‍यो र पुष्टि भएपछि नेपाल राष्ट्र बैंकलाई खबर गरेको थियो।

सबै कर्जालाई खराब कर्जामा घोषणा गर्दै प्रोभिजनमा राखेर जोखिम व्यवस्थापन गरीसकेको बैंकले जानकारी दिएको छ। जोखिम व्यवस्थापनको कदम चालिसकेकाले यस्तो ऋण नडुब्ने, धितोबाट भए पनि थोरै उठ्ने र बैंकलाई असर नपर्ने दाबी छ। यद्यपी अपचलन गरेका ऋणीमध्ये १ जनाबाट भने भ्यालुअनुसार करीब २०–२५ प्रतिशत बराबरको ऋण हालसालै चुक्ता गरेको बैंकले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.