लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार

एजेन्सी: गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएको छ।  सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार १०३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ। १७ जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएको आईओएमले जनाएको छ।

 सन् २०२२  मा, कुल २४ हजार ६८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा  गरेको छ । मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५२९ आप्रवासीको मृत्यु भएको छ भने ८४८ जना बेपत्ता भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.