एकै रात १२ ठाँउमा चोरी
स्याङ्जा: आँधीखोला गाउँपालिका १ सिरुबारीको दुई किलोमिटर वरपरको क्षेत्रमा गएराति एकै रातमा १२ ठाउँमा चोरी भएको छ।
चोरी हुनेमा ९ वटा निजी घर, एउटा सहकारी संस्था, बौद्ध गुम्बा र वडा कार्यालय छन्। लुटेराले नगद, गुम्बामा राखिएको दानपेटिका, सुनसहित सुकुटीसमेत चोरेका छन्।
प्रहरीका अनुसार, सबैभन्दा बढी पूर्णबहादुर गुरुङको घरबाट मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला सुन र नगद दुई लाख पाँच हजार रुपैयाँ चोरी भएको छ।
गंगाधर ढकालको पसलबाट ६० हजार, लक्ष्मी फेन्सिबाट ७ हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार, कृष्णप्रसाद पौडेलको पसलबाट ७ हजार, पूर्णप्रसाद बगालेको पसिलबाट सीसीटिभी मनिटर, सीपीयू एक/एक वटा, मित्रलाल अधिकारीको पसलबाट नगद १ हजार, भेषकुमारी दर्जीको पसलबाट ५ हजार छ।
यसैगरी, वडा कार्यालयअन्तर्गत वडाअध्यक्षको कार्यकक्षबाट राजश्व संकलन गरिएको ३० हजार, दिगो बहुउदेश्यीय सहकारी संस्थाबाट १ हजार, सिरुवारी गुम्बाको दान पेटिकाको भने विवरण खुल्न सकेको छैंन। ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरिएको छ।
कुनै समूहको संलग्नता रहेको र नजिक भएका ब्यक्तिबाटै चोरी भएको हुनसक्ने प्रहरी अनुमान छ।