क्यानडामा मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाएकोमा आपत्ति

क्यानडामा मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाएकोमा आपत्ति

क्यानडा : क्यानडाको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ।  क्यानडास्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ। सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो। 

भारत विरोधी विकृत चित्र र  तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'क्यानडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुर्‍याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ। हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ।' 

ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गरेको छ भने क्यानडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्। 'तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाको स्थानको पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,' ब्राम्प्टनका मेयरले ट्वीटरमा भनेका छन्। 

क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन। यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.