लाठी प्रहार गरेर श्रीमानको हत्या, पाँच वर्षपछि सेफ्टी ट्यांकीमा भेटियो कंकाल

लाठी प्रहार गरेर श्रीमानको हत्या, पाँच वर्षपछि सेफ्टी ट्यांकीमा भेटियो कंकाल

जाजरकोट : भेरी नगरपालिका-६ की भद्रकला कामीले लाठीले हानेर आफ्नै श्रीमान् ४७ वर्षीय काले कामीलाई हत्या गरेको पाँच वर्षपछि घटना सार्वजनिक भएको छ।

२०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले लाठीले हान्दा उनका श्रीमानको मृत्यु भएको प्रहरीले जनाएको छ। 

भद्रकला र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयको सेफ्टि ट्यांकीमा पुरिदिएको प्रहरीले जनाएको छ। 

प्रहरीले शव शौचालयमा पुरिएको अवस्थामा भेटाएको जाजकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए। उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरी घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा शव भेटिएको थियो। 

कालेको पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल फेला परेको छ। 

भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.