परराष्ट्रमन्त्रीले भनिन्- साइडलाइन वार्तामा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्छु
परराष्ट्रमन्त्री भोलि श्रीलंका जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री विमला राई पौड्याल भोलि (बिहीबार) श्रीलंका भमणमा जाँदैछिन्। भ्रमणका क्रममा उनले सार्क सम्मेलनका विषयमा चर्चा गर्ने बताइन्। दक्षिण एसियाली मुलुकका प्रतिनिधिसँग 'साइडलाइन' भेटवार्तामा क्रममा सार्कलाई क्रियाशिल बनाउने विषयमा छलफल गर्ने उनको भनाइ छ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौड्यालले समकक्षीहरूसँग सार्कलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइन्। ‘श्रीलंकाको स्वतन्त्रता दिवसको निम्तोमा भोल त्यसतर्फ जाँदैछु। यो सार्कको छलफलका लागि बोलाइएको निमन्त्रणा होइन। यद्यपि त्यहाँ पुगिसकेपछि साइडलाइन बैठकहरूमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्छु,’ उनले भनिन्।
सन् २०१४ मा नेपालमा भएको सार्क शिखर सम्मेलनपछि हुन सकेको छैन। भारत र पाकिस्तानको विवादकै कारण सम्मेलन हुन सकेको छैन।