दरबन्दी अभावमा उपचारमा समस्या

दरबन्दी अभावमा उपचारमा समस्या

गुलरिया : जिल्लाकै जेठो बर्दिया अस्पतालमा नसर्ने रोगको उपचार सुरु गरिए पनि स्थायी दरबन्दी सहितको विज्ञ चिकित्सक नहुँदा गुणस्तरिय सेवा प्रवाहमा समस्या देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाइलट परियोजनाका रूपमा नसर्ने रोगहरूको उपचार सेवा सुरु गरेको पेन प्लस क्लिनिक विज्ञ जनशक्ति अभावमा दिगो नहुने आँकलन गरिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एनसीडीआई प्रोभर्टी नेटवर्क तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा कार्यान्वयन गरिएको पेन प्लस क्लिनिक बर्दिया अस्पताल गुलरियामा पाइलट प्रोजेक्टका रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए। 

पूर्वसिंचाइमन्त्री एवम् संघीय सांसद संजयकुमार गौतम, लुम्बिनी प्रदेश सांसदद्वय राजकुमार चौधरी र मालती सोडारी, चाइल्ड हेल्थका अध्यक्ष प्रा.डा. भगवान् कोइरालालगायत संघ तथा प्रदेश स्वास्थ्य मन्त्रालयका विज्ञ चिकित्सकहरूको सहभागितामा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले औपचारिक कार्यक्रबीच बर्दियामा पेन प्लस क्लिनिकको उद्घाटन गरे । 

क्लिनिकमार्फत सुगर, प्रेसर, दम, थाइराइड, मुटु, थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल एनिमियालगायतका नसर्ने रोगको उपचार सुदृढ रूपमा हुन्छ। 

उनले भने, ‘प्रोजेक्टमार्फत मुटुको इको मेसिन प्राप्त गरिसकेका छौं। तालिमपछि सेवा सुरु हुँदैछ। हामीसँग विज्ञ जनशक्ति अभाव छ। बर्दिया अस्पतालमा १५ जना विज्ञ दरबन्दी रहे पनि १ जना मात्र दरबन्दीको चिकित्सक उपलब्ध हुनुहुन्छ। तत्कालीन सेवा प्रवाह गर्न करार, काज र विभिन्न कार्यक्रममार्फतको चिकित्सकीय रिक्तता पूर्ति गरेका छौं।’

डा. पाण्डेयले भने, ‘४ जना मेडिकल अधिकृतमध्ये ३ जना अध्ययनका लागि जानु भएको छ। स्थायी दरबन्दी आपूर्ति नभए दिगो सेवा उपलब्ध गराउन कठीन छ। तत्काल लोक सेवा खुलाएर दरबन्दी आपूर्ति गर्न उनको माग छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.